दफा १३६
मताधिकारको प्रयोग
: (१) कुनै सदस्यले सहकारी संस्थाको जतिसुकै शेयर खरिद गरेको भए तापनि सम्बन्धित सहकारी संस्थाको कार्य सञ्चालनमा एक सदस्य एक मतको आधारमा आफ्नो मताधिकारको प्रयोग गर्न सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सङ्घको हकमा साधारण सभामा भाग लिने प्रयोजनको लागि तोकिए बमोजिम एकभन्दा बढी प्रतिनिधि पठाउन सकिनेछ र प्रतिनिधि पठाउने सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक संस्था वा सङ्घबाट सम्बन्धित सङ्घको समिति वा लेखा सुपरिवेक्षण समितिमा एकभन्दा बढी व्यक्ति निर्वाचित हुन सक्ने छैन ।